काठमाडौँ,२४भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘जेन जी’ आन्दोलनरत युवाहरूसँग संयमित हुन र घर फर्किन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै आन्दोलनका क्रममा भएको क्षतिको परिणाम अन्ततः देश र नागरिकले भोग्नुपर्ने चेतावनी दिएका छन्।
बालेनले फेसबुकमा लेखेका छन्, “प्यारा जेन जी, देश तपाईंहरूकै हातमा हो। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ, तपाईं हाम्रै नै हुने हो। कृपया घर फर्कनुहोस्।”
उनले युवा पुस्तालाई आन्दोलनको मूल उद्देश्य नबिर्सन र हिंसा वा क्षतिको बाटो नअपनाउन पनि अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस्

