काठमाडौँ,२४भदौ । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ। सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए।
आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन्। त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौंमा समेत आगजनी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्



