विद्यादेवी भण्डारीको निवास जलेर खरानी, उनी कहाँ छिन अहिले

Categories:

-

काठमाडौँ,२४भदौ ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित निजी निवासमा आन्दोलनकारीहरूले आगजनी गरेका छन्। आज अपराह्नदेखि सुरु भएको आगो अहिलेसम्म निभेको छैन। आगलागीका कारण सम्पूर्ण निवास पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ।

पूर्वराष्ट्रपति भण्डारी आगजनीको समयमा निवासमै नभएको र सुरक्षित स्थानमा रहेको उनका स्वकीय सचिव राजकुमार राईले पुष्टि गरेका छन्। उनले भने, “म्याडम अहिले सुरक्षित हुनुहुन्छ, उहाँ निवासमा हुनुहुन्न।”

राईका अनुसार निवासमा नेपाल सेनाका ४–५ जना सुरक्षा कर्मी तैनाथ थिए। तर ती सुरक्षाकर्मीहरूलाई उद्धार गरिएको वा उनीहरूको अवस्था कस्तो छ भन्नेबारे विस्तृत जानकारी अहिलेसम्म आएको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य