आन्दोलनकारीले घेरेपछि १४ सर्कलका थुनुवा मुक्त, हातहतियार समेत सुरक्षित रहन सकेनन्

Categories:

-

काठमाडौँ,२४भदौ ।काठमाडौं उपत्यकाका विभिन्न प्रहरी सर्कलहरू आन्दोलनकारीहरूले घेराउ गरेपछि थुनुवा छोडिएको र हातहतियार सुरक्षित राख्न नसकिएको घटना सार्वजनिक भएको छ। राजधानीका १४ वटा प्रहरी सर्कलबाट थुनुवा मुक्त गरिनुका साथै केही ठाउँमा गोलीगठ्ठा र अन्य संवेदनशील सामग्री समेत सुरक्षित राख्न नसकिएको प्रहरी स्रोतले जनाएको छ।

आन्दोलनकारीहरूले अकस्मात् धावा बोल्दा प्रहरी बलले प्रतिरोध गर्न नसकेपछि यस्तो अवस्था आएको बताइएको छ। प्रहरीका अनुसार आन्दोलनकारीहरू ठूलो संख्यामा सडकमै अवरोध गर्दै जबरजस्ती सर्कलभित्र प्रवेश गरेका थिए। त्यतिबेला प्रहरी अधिकृतहरू सादा पोशाकमै बाहिर तैनाथ भए पनि पर्याप्त तयारी नहुँदा नियन्त्रण गर्न नसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य