ललितपुरमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीद्वारा आगजनी

Categories:

-

काठमाडौँ,२४ भदौ ।  ललितपुरस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। सुरक्षा स्रोतका अनुसार, ललितपुरको सुनाकोठीस्थित मन्त्री गुरुङको घरमा पुगेका प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोड्दै ढुंगामुढा गरेका थिए।

स्रोतका अनुसार, आन्दोलनकारीले सुरक्षा जाँचलाई उल्लङ्घन गर्दै अघि बढेपछि निवासमा आगो झोसेका थिए। आगो नियन्त्रणको प्रयास जारी रहेको छ। घटनास्थलमा प्रहरी बलको ठूलो संख्या खटाइएको छ र प्रशासनले स्थिति नियन्त्रणमा लिन विभिन्न उपायहरू अपनाइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य