6.1 C
Kathmandu

गगन थापाको चेतावनी: ओलीले राजीनामा नदिए कांग्रेस सरकारबाट फिर्ता हुन्छ

-

काठमाडौँ,२४ भदौ ।  जेनजी आन्दोलनमा भएको ठूलो मानवीय क्षतिपछि नेपाली कांग्रेसभित्र सरकारमै रहिरहनु उपयुक्त नहुने धारणा बलियो बन्दै गएको छ। यसबीच कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिए पार्टी सरकारबाट बाहिरिने स्पष्ट चेतावनी दिएका छन्।

महामन्त्री थापाले बुधबार सार्वजनिक वक्तव्य जारी गर्दै भनेका छन्, “प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रूपमा रहनुहुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।”

जेनजी आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा बलको गोलीकाण्डमा १९ जनाको ज्यान गएपछि मुलुकभर विरोध चुलिएको छ। घटनापछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए पनि सरकारले समग्र जिम्मेवारी लिन अस्वीकार गरेको आरोप कांग्रेस नेताहरूले लगाएका छन्।

स्रोतका अनुसार नेपाली कांग्रेसभित्र अहिले दुई धारणा तीव्र रूपमा देखिएका छन्। एक समूह, जसमा सभापति शेरबहादुर देउवा नजिकका नेताहरू छन्, सरकारले स्थायित्व गुमाउँदा मुलुक थप संकटमा पर्ने तर्क गर्दै तत्काल गठबन्धन नछोड्ने पक्षमा छन्। तर अर्का पक्ष, जसमा गगन थापा र डा. शेखर कोइरालाको प्रभाव छ, सरकारमा बसिरहनु कांग्रेसको नैतिक हैसियतमा प्रहार हुने भन्दै तत्काल बाहिरिनुपर्ने मत राख्छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य