8.1 C
Kathmandu

बिहान ८ बजेदेखि काठमाडौं चक्रपथभित्र कर्फ्यू

Categories:

-

काठमाडौँ,२४ भदौ । काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र आज बिहान ८ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमती नदी पुलसम्मको सम्पूर्ण भू–भागमा कर्फ्यू लागू गरिएको हो।

प्रशासनले सोमबार जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि थप तनावपूर्ण अवस्था सिर्जना हुन नदिन भन्दै कर्फ्यू आदेश जारी गरेको हो।

कर्फ्यू आदेश लागू भएपछि उक्त क्षेत्रभित्र आम नागरिकको हिँडडुल, सभा, जुलुस र भीडभाड पूर्ण रूपमा निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य