काठमाडौँ,२३ भदौ ।काठमाडौँ राजधानीको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीले आज मध्याह्न १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश लागू भएको जानकारी दिएका छन्।
कर्फ्यु आदेश लागू गर्नुको कारण संघीय संसद् भवन परिसरमा जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शन हो। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि प्रशासनले अवस्था नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरेको हो।
जेनजी पुस्ताले सरकारविरुद्ध प्रश्न उठाउँदै बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्


