बेइजिङ प्रस्थान गर्दै प्रधानमन्त्री ओली, उपराष्ट्रपतिसँग भेट र ऐतिहासिक समारोहमा सहभागिता

Categories:

-

काठमाडौँ,१७ भदौ । चीनको थियानजिन सहरमा सम्पन्न शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्।

बेइजिङमा ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुने कार्यक्रम तय भएको छ। हान चङ्गद्वारा आयोजित रात्रिभोजमा पनि नेपाली प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ।

यसअघि प्रधानमन्त्री ओलीले थियानजिनमै चीनका राष्ट्रपति सी चीनफिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

भ्रमणको अन्तिम चरणमा, भदौ १८ गते, नेपाली प्रतिनिधिमण्डल बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमा विजय हासिल गरेको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ। सोही दिन प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य