कपिलबस्तु, भदौ १२ — कपिलबस्तु नगरपालिका–१० तौलिहवा–जितपुर सडकखण्डको पचेहरा हाटबजार क्षेत्रमा बम विस्फोट भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सडकको बिचमा विस्फोट हुँदा खाल्डो परेको छ। प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले घटनास्थलमा प्रहरी टोली पुगेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “पड्केको आवाज आएको छ, खाल्डो भएको छ, बम हो कि के हो यकीन हुन सकेको छैन।” घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्

