कपन साहित्य समाजको पहिलो नियमित साहित्यिक कार्यक्रम भोलि शनिबार बाट सुरुहुने

Categories:

-

काठमाडौं,६ भदौ  । कपन साहित्य समाजले आफ्नो नियमित साहित्यिक कार्यक्रम सुरु गर्ने भएको छ। समाजको निर्णयअनुसार हरेक महिनाको पहिलो शनिबार कार्यक्रम आयोजना गरिनेछ। यसै क्रममा पहिलो अंक यही भाद्र ७ गते (शनिबार) बिहान ७:३० बजे समाजको भवन आकाशेधारामा हुनेछ।

कार्यक्रममा काव्य वाचन हुनेछ, जहाँ समाजका पदाधिकारीसहित साहित्यप्रेमी कवि–सर्जकले आफ्ना सिर्जना प्रस्तुत गर्ने तयारी गरिएको कार्यसमितिले जनाएको छ। समाजका अनुसार कार्यक्रमले नयाँ र पुराना सर्जकलाई एउटै मंचमा ल्याउने र साहित्यिक चेतना अभिवृद्धिमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ।

साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने योजना अनुसार, प्रत्येक महिनाको पहिलो शनिबार बिहान नियमित रूपमा आयोजना गरिने समाजले स्पष्ट पारेको छ। यसले स्थानीय साहित्यकारलाई मात्र होइन, राष्ट्रियस्तरका सर्जकलाई पनि जोड्ने थलो बन्ने अपेक्षा गरिएको छ।

कार्यसमितिले पदाधिकारी, सदस्य र साहित्यप्रेमीलाई कार्यक्रममा उपस्थित भई आफ्ना सिर्जना प्रस्तुत गर्न आग्रह गरेको छ। समाजले साहित्यिक वातावरण निर्माण गर्दै कपनलाई साहित्यिक केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य