काठमाडौं,५ भदौ । भारतले लिपुलेक पास नेपालको भूभाग भएको दाबी खारेज गर्दै औचित्यहीन ठहर गरेको छ। भारत सरकारको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सन् १९५४ देखि नै भारत र चीनबीच लिपुलेकमार्ग हुँदै व्यापार हुँदै आएको उल्लेख गर्दै नेपालले गरेको भौगोलिक दाबी स्वीकार गर्न नसकिने बताए।
उनका अनुसार, कोभिडका कारण केही वर्ष अवरुद्ध भएको व्यापार पुनः सुरु गर्न मात्र भारत र चीनबीच सहमति भएको हो। “यस्ता दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा दाबी विस्तार गर्नु स्वीकार्य छैन,” जैसवालले भने।
भारतले लिपुलेकसम्बन्धी दाबीलाई अस्वीकार गरे पनि बाँकी सीमासम्बन्धी विवाद समाधानका लागि नेपालसँग संवाद र कूटनीतिक माध्यम अपनाउने तयारी रहेको स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्


