जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा भव्य कार्यक्रम हुने

Categories:

-

काठमाडौं,४ भदौ  । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले भव्य कार्यक्रम गर्ने भएको छ। जन्मजयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्न फाउण्डेशनले ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ गठन गरेको छ।

समितिले भदौ ५ गते, विहीबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा विशेष समारोहको आयोजना गर्न लागेको हो। उक्त समारोहमा समितिकी संरक्षक एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख आतिथ्य रहनेछिन्।

फाउण्डेशनले कार्यक्रममा विविध राजनीतिक, सामाजिक र सांस्कृतिक व्यक्तित्वको उपस्थितिलाई सुनिश्चित गर्ने तयारी गरेको जनाएको छ। स्मरणीय कार्यक्रममा मदन भण्डारीको राजनीतिक योगदान, विचार र दर्शन ‘जनताको बहुदलीय जनवाद’ को वर्तमान सान्दर्भिकतामाथि समेत छलफल हुने अपेक्षा गरिएको छ।

संयोजक डोरमणि पौडेलका अनुसार, जन्मजयन्तीलाई ऐतिहासिक र गरिमामय बनाउन विभिन्न उपसमितिहरूमार्फत तयारी तीव्र पारिएको छ। उनका भनाइमा, कार्यक्रम केवल स्मरण मात्र नभई भावी पुस्ताका लागि प्रेरणाको स्रोत हुने गरी सम्पन्न गरिनेछ।

फाउण्डेशनले सबैलाई कार्यक्रममा सहभागी भई जननेता भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य