लुम्बिनी–कर्णालीमा दिउँसो वर्षा, राति कोशी–गण्डकी उच्च जोखिममा

Categories:

-

काठमाडौं,४ भदौ  । केही दिनयता सक्रिय देखिएको मनसुन अहिले अलि कमजोर बन्दै गएको मौसमविद्हरूले बताएका छन्। मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा दक्षिणतर्फ सरेको छ। तर बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाले वर्षा अझै रोकिएको छैन।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ। ती क्षेत्रमा केही ठाउँमा मध्यम खालको वर्षा हुने सम्भावना छ। तराईका कतिपय भागमा पनि पानी पर्न सक्छ।

आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद्हरूको अनुमान छ। ती प्रदेशका तराई र पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र गण्डकीका पहाडी भू–भागका एक–दुई ठाउँमा भारी वर्षा समेत हुन सक्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले वर्षासँगै पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने चेतावनी दिएको छ। साथै, नदी–नालामा पानीको सतह चढ्ने र यातायातमा समस्या आउन सक्ने भएकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य