काठमाडौँ,३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शनिबार भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएर सिधै ललितपुरको नख्खु कारागारमा राखिएका छन्।
उनको आगमनसँगै कारागार बाहिर रास्वपाका समर्थकहरूले बाक्लो संख्यामा उपस्थित भई नाराबाजी गरेका थिए। लामिछाने भ्यानबाटै समर्थकहरूलाई हात हल्लाएर अभिवादन गरे।
गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै स्थानान्तरणका लागि निवेदन दिएका थिए। सरकारले स्थानान्तरण नगर्दा आलोचना भइसकेको थियो र त्यसपछि उनलाई काठमाडौँ ल्याउने निर्णय गरिएको हो।
प्रतिक्रिया दिनुहोस्


