6.1 C
Kathmandu

‘सिँगाने’खतिवडाको राजीनामाले न चस्किएको च्यासल 

Categories:

-

लेखक: बालकुमार नेपाल

प्रकाशन मिति: २९ श्रावण २०८२, बिहिवार

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिँदा धेरैको ‘दिलखुस’ भयो होला। थोरैमा चिन्ता पनि भयो होला । उनको गृह जिल्ला ओखलढुङ्गाका जनतामा प्रतिस्पर्धी  बाहेक अरूको पनि चित्त  नबुझेको हुन सक्छ।  किन कि कोही न कोही  उनको यो पदबाट लाभग्राही नै बनेका थिए  होलान् । तिनमा जुन  पार्टीका भए पनि सबै ओखलढुंगे नै थिए ।

ओखलढुङ्गाको राजनीतिमा जसरी रामहरि र यज्ञराज सुनुवार उदाए यी दुवै जनताको असली प्रतिनिधिका रूपमा थिए । जनताको मझेरो नटेकेको यिनीहरूले छैन।  थाहा पाए पछि मर्दा मलामी नपुगेको ठाउँ छैन। जन्ती नगएको बिहे छैन। न्वारनमा  पनि यिनीहरू अग्नि स्थापनाको प्रसाद खान नपुगेको रेकर्ड छैन।

जे भए पनि ओखलढुंगको राजनीतिमा रामहरि र यज्ञराज मैदानमा भएनन् भने त्यो मारुनी विनाको लाखे नाच जस्तै हुनेमा कुनै शङ्का छैन।  हिजो पनि त्यही भयो भोलि पनि त्यही हुने छ ।

रामहरिले सभापतिबाट राजीनामा दिए,  त्यो बाट जनताले के पाए रु यो प्रश्न अहिले राजनीतिक बजारमा गर्माएको छ । अहिले यो प्रश्नले च्यासलको छाती चस्कनु पर्ने हो। किने भने त्यहाँ  कुर्सीबाटै आर्यघाट पुग्न  पार्टीको  आन्तरिक लोकतन्त्रलाई नोकर तन्त्रमा परिवर्तन गरिएको छ। अब त्यो च्यासलमा ‘जीवनभर बाचे सम्म’ अध्यक्ष भइरहने भन्ने वाक्य लेख्न मात्र बाँकी छ । त्यसमा थर लेखेर यो पार्टी रहे सम्म जुन तारा न अस्ताए र नउदाए सम्म यही मानिस अध्यक्ष भनेर लेख्ने  मात्र  बाँकी छ। त्यो भदौ २२ गते  गोदावरीमा अनुमोदन हुने छ ।

बाँस्कोटाले मन्त्रीबाटा राजीनामा दिए। उनी माथि आरोप मात्र थियो । यसबाट उनका पिताले कुरा बुझेनन् । अहिले बाँस्कोटाले स्वाभिमानी शरीर उठाएर हिँडेका छन्।

यस बेला  पार्टी बैठक च्यासलमा  बस्छ, केन्द्रीय सदस्यहरू भित्र  भित्रै धिक्कार्,  र पिताको आदेश पालना गर्नुको विकल्प देख्दैनन् । हिजो औलो काटेर सदस्यतामा  रगतले हस्ताक्षर गरेका कुरा भुल्छन् । रातो संसारको सपना भुल्छन्। उनीहरू च्यासलमा बस्छन् । सिंहदरबारको सपना देख्छन् । त्यसैले मुख मिठाउँदै ‘हुन्छ कमरेड’ भन्दै ताली बजाउँछन् ।
यदि  च्यासलमा गोकुल र कर्ण थापा जस्ता दश जना  भइदिएको भए इतिहासमा धेरै नयाँ काम हुन्थे। आर्यघाटमा न कुर्सी पुग्थ्यो न कुर्सी माथिको ‘लोकतान्त्रिक तानाशाह’ ।

तर यो बिचमा रामहरिको राजीनामाले नैतिकताको पाठ त दिएको छ। तर यो बिषयमा वर्णमाला फुटेका पनि त मानिस चाहिएला । गोकुलको राजीनामा पछि यो वाक्य लागु भएन, विद्या भट्टराई को राजीनामाले यो लागु भएन  ।
खतिवडाले राजीनामा दिदै  गर्दा राजनीतिले नैतिकता  त पायो होला । तर त्यसले च्यासल , पेरिस डाँडा, र सानेपाको बादशाहलाई के फरक पर्‍यो होला रु उनीहरू पाए सम्म विधान फेरेर पितृ लोकमा पनि त्यही पदमा कायम रहने थिए भन्ने कुरा घटनाक्रमले देखाइ सकेको छ।

तर पछिल्लो समयमा   खतिवडाको राजीनामाले  यस्ता पितृ लोक सम्म पद कायम रहनेहरूका  लागि  राम्रो सन्देश दिनुपर्ने हो।  एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषामा भन्नुपर्दा ‘ गोरुले लुगा लगाएको हुँदैन, नाङ्गै हिँड्दा उसलाई लाज हुँदैन’ यति मात्र भन्न सकिन्छ।

रामहरि कोदोको बोटबाट हुर्केका साधारण जनता छोरा हुन्। यिनै  वंशजका आधारमा नेता भएका होइनन् । राम्रो गरे पनि नराम्रो गरे पनि आफ्नै क्षमताले नेता भएका हुन् यिनी । ओखलढुङ्गाको प्राप्चाको शिबदूती प्राविमा यिनी पढ्दा  ‘ सिँगाने’ नामले  यिनका सहपाठीहरूले बोलाउँथे । अग्लो कदका हठाकठ्ठा उनी गाउँ देखि नै निर्धक्क निडर थिए । तर एउटा सिँगाने केटो राज्य व्यवस्था समितिको सभापति हुँदा कथित संभ्रान्तहरुलाई मन परेको थिएन। त्यसैले  सिगानेविरुद्ध सूकुमारहरू हाबी  भएर नै खतिवडाको राजीनामा भएको हो ।

खतिवडाका कति गुण र अवगुण अहिले चर्चा गर्न जरुरी छैन। उनलाई घडी चोरका आरोप पनि लाग्यो । त्यो उनैलाई थाह होला ।, चुनावमा यो विषय बिक्रीको माल हुन सक्ला । तर सत्य अर्के हुन सक्छ।
खासमा चाहि रामहरि घडी चोर्छ भन्ने विषयमा बुझेका हरूले कल्पना गर्न सम्म सक्दैनन् । किन कि  उसले चोरेका घडी लाएर कसरी बजारमा हिँड्ला  अनि उ चोरेका घडी बेचेर छाका टार्ने मान्छे हो तरु यो प्रश्नको उत्तर कसैले  उर्सैसंग आँखा जुधाएर भन्न सक्ला र

तर, अहिलेको प्रविधिले धेरै मान्छेमा नकारात्मकता फैलाएको छ। गगन थापाको बाख्रा, रामहरिको घडी, रवि लामिछानेको  सहकारी ठगी अहिलेको प्रविधिले दिएका उपलब्धि हुन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य