13.1 C
Kathmandu

सुनसरी दुर्घटना : चारको मृत्यु, २३ घाइते

Categories:

-

काठमाडौँ,२६ साउन । सुनसरीको भोक्राहा–नसिंह गाउँपालिका–३, जलुवा टोलमा भएको यात्रुवाहक बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो सोमबार बिहान आपसमा ठोक्किएका थिए।

मृतक
पहिचान खुलेका मृतकमध्ये सप्तरी मधावे गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल, सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङ विराटनगरका अशोक यादव रहेका छन्। एक मृतक महिलाको भने पहिचान खुल्न बाँकी छ।

घाइतेहरूको सूची
१. अम्बिका राई (मोरङ, सुन्दरहरैँचा–९)
२. निरुता परियार (खोटाङ, रावाबेसी–२)
३. निर्मल परियार, ३८ (खोटाङ, रावाबेसी–२)
४. रवीन्द्र प्रसाद मण्डल (सप्तरी, मन्धेव–६)
५. रेनुका श्रेष्ठ, ५० (उदयपुर, चौदण्डिगढी–५)
६. खगेन्द्र थापा, ३८ (झापा, शिवसताक्षी–५)
७. सन्तोष खत्री, ५३ (भद्रपुर–९)
८. दिपक बिक, २० (उदयपुर, बेलस्रोत–१)
९. सविन राई, ३६ (ईलाम, चुलाचुली–३)
१०. रवीन्द्र मेहता (सप्तरी)
११. जिवछ महात्मा, ६८ (सप्तरी)
१२. नेत्रलाल गिरी, ८४ (खोटाङ, हलेसी तुवाचुङ–१०)
१३. केदार गिरी, ३९ (नेत्रलाल गिरीका छोरा)
१४. सत्य राई (झापा, अर्जुनधारा–१, साजनटार)
१५. रुद्र राय, १० (सप्तरी, राजविराज–६, प्रकाशकुमार रायका छोरा)
१६. सोभा यादव, ४८ (मोरङ, विराटनगर–१०)
१७. प्रमोद रजक, ४४ (सप्तरी, राजविराज–१२)
१८. रवि राय, २२ (सप्तरी, तिलाठी–५)
१९. भोला यादव, २४ (सप्तरी, राजविराज–२)
२०. प्रदीप यादव, ३५ (सप्तरी, राजविराज)
21. जोगिन्द्र दास, ६० (सुनसरी, कोशी गाउँपालिका–६, श्रिपुर)
22. अमृता राय, ३० (सप्तरी, डाक्नेश्वरी–३)
23. सन्तोष बास्तोला, २१ (सप्तरी, राजविराज–४)

प्रहरीका अनुसार घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य