काठमाडौँ,२५ साउन । पशुपति आर्यघाटमा काम गर्ने गणेश ढकालले जलाउँदै गरेको शवको हड्डी ४०० रुपैयाँमा बेचेको खुलेको छ। ढकालका अनुसार मधेस मूलका देखिने एक व्यक्तिले “भगवानलाई चढाउन” भन्दै सानो टुक्रा हड्डी माग्दा उनले कपुरको भाँडोमा राखेर पठाएका थिए। पठाउने युवकलाई उनले एक सय रुपैयाँ दिएको बयान दिएका छन्।
ढकालले यसअघि यस्तो काम नगरेको दाबी गर्दै आर्थिक प्रलोभनमा परेको बताएका छन्। उनी २०५५ सालदेखि आर्यघाटमा कार्यरत छन् र हाल एक शव जलाउन १५०० रुपैयाँ लिने गर्छन्।
घटना काभ्रेपलान्चोकको बनेपाका राम शाहीको दाहसंस्कारका क्रममा भएको हो। आफन्तले अस्तु माग्दा हड्डी निकालिएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो। शुक्रबार ढकाल र सहयोगी पक्राउ परेका छन् र सोमबार अदालतमा पेश गर्ने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्

