सप्तकोसी उर्लियो: २ लाख क्युसेक पार, २८ ढोका खुला

Categories:

-

काठमाडौँ,२५ साउन । लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ।

बहाब बढेपछि ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन्। कोसी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य