13.1 C
Kathmandu

कुलिङ अफ पिरियडमा चलखेल : खतिवडा र दुरा ‘नैतिक जिम्मेवार’ ठहर, प्रतिवेदनको पूर्णपाठ यहीँ पढ्नुहोस्

-

काठमाडौं, साउन २० — संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड व्यवस्थामा भएको चलखेलबारे छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ।

समितिका संयोजक जीवन परियारले आज (मंगलबार) प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएका हुन्। समितिले २९ दिनको अध्ययनपछि तयार पारेको प्रतिवेदनमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई नैतिक जिम्मेवारी वहन गर्नुपर्ने ठहर गरिएको छ।

विशेष समितिको प्रारम्भिक अध्ययन अनुसार “कुलिङ अफ पिरियड” सम्बन्धी प्रावधानमा केही संशोधन प्रस्ताव प्रक्रियागत रूपमै विवादास्पद देखिएको छ। विधेयक संसदीय प्रक्रियामा रहँदा सचिवालय तहमा देखिएको असामान्य भूमिका र सभापतिको मौनतालाई समितिले प्रश्न उठाएको छ।

प्रतिवेदनले विधेयक संसोधन प्रक्रियामा भएका त्रुटिहरू सच्याउने र यस्ता विवाद भविष्यमा नदोहोरिने व्यवस्था मिलाउन आवश्यक सुझाव पनि दिएको छ। साथै, समितिले प्रक्रिया पारदर्शी, उत्तरदायी र विधिसम्मत बनाउन विधायन प्रक्रियामा सुधारको खाँचो औंल्याएको छ।

pratibedan11

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य