21.1 C
Kathmandu

लक्ष्मी स्मृतिको गजल

-

ठण्डा दिमागले हेर,सोचेर के होला?
दाग गालामा छ,ऐना पुछेर के होला?

हेक्का राख्नु म पनि एउटा भमरै हुँ,
फूल तिम्ले ,मलाई,रोजेर के होला?

यहाँ पल-पल मनहरू फेरिईरहन्छन्,
सम्झिएर बाचा एक्लै पर्खेर के होला?

धन भए सुम्सुम्याई रहन्छन् बाँचुन्जेल,
गरिबीमा हुँदा नाता तौलेर के होला?

रित्तो छ स्मृति, सप्ना,लक्ष्य हराएका छन्,
यस्तोमा जाबो रहर खोसेर के होला?

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य