१.नदेखाऊ भो त्यसरी मलाई नदेखाऊ
तिम्रा अधर नशालु बनाई नदेखाऊ
मात्तिएँ भने मलाई पनि नशा चढ्न सक्छ
बैंशको रापले जवानी जलाई नदेखाऊ
तिम्रै बागमा मायाको फूल फुलाउन मन छ
मलाई छाडी अर्को कोही पराइ नदेखाऊ
त्यो मनभित्र के के होला मलाई थाहा छैन
तिम्रा कुनै गोप्य पाना पल्टाई नदेखाऊ
मेरै हातले तिम्रो सिउँदो सजाउने मन छ।
रङ्गिएको तिम्रो शिर उठाई नदेखाऊ
२.असाध्यै दुखेको छ है भित्र मेरो
सिसा झैँ टुटेको छ है भित्र मेरो
कथा यी कहानी म पोखु कसरी
समेटी गुथेको छ है भित्र मेरो
भनी बन्छु माली जरा नै कटायो
सखापै सुकेको छ है भित्र मेरो
कहाँ दुख्छ भन्दै नसोधे मलाई
सबै नै जलेको छ है भित्र मेरो
सिरानी भिजाई सधैं बर्बराछु
ईश्वरी चलेको छ है भित्र मेरो
३.जुन अनि तारा जस्तो बनेन यो जीवन
निर्मल त्यो धारा जस्तो बनेन यो जीवन
असिना झैँ बिलाई गयो भुवासरी उडी गयो।
अजर त्यो रारा जस्तो बनेन यो जीवन
ऐश छरे आराम छरे मोजमस्ती सब छरे
तर पनि सारा जस्तो बनेन यो जीवन
तिमीले छाडी गएपछि मृत्युसँग रम्न खोजे
धारिलो त्यो आरा जस्तो बनेन यो जीवन
४.तिमी बिना जिउँदो भएको आभास हुँदैन।
यस्तो लाग्छ स्वयं मनको विश्वास हुँदैन।
मग मग बसन्तको बास चल्यो भन्छन् यहाँ
शिशिर तुल्य जीवन भयो उल्लास हुँदैन
तिमी मुना ममबदन भई स्वर्ग यहीँ उतारेथ्यौँ।
त्यो फूल जस्तो कुनै पनि खास हुँदैन।
जसो तसो तिम्रो यादमा जीवन जिएको थिएँ।
तन ढलेर मन उड्छ हुँदैन सास हुँदैन
सिसा जस्तै मन पनि टुक्रा बनी फुटेपछि
न जोडिन्छ न गाँसिन्छ कहिल्यै आश हुँदैन
५.उदास बनाई कहाँ गयो बुझेँ चन्द्रसित
औलाख तारा जस्तै ठानी सोधेँ चन्द्रसित
बीच बाटोमा एक्लो बनाई तिमी कहाँ गयौ
अधुरो त्यो प्रेम कहानी पोखेँचन्द्रसित
गोधुलीमा आलिङ्गनमा बाँधिएको सम्झिएर
डाको छाडी छातीपिटी रोएँ चन्द्रसित
चन्द्रमुखी मुहार तिम्रो चन्द्र जस्तै लाग्छ
नउदाऊ भो भन्दै मैले ढोगेँ चन्द्रसित।


