13.1 C
Kathmandu

नारायणबाबु तिम्सिनाको कविता : यसैमा गर्व छ

-

हिमाल् छ यहाँ पहाड् छ यहाँ तराई पनि छ,
जाडो छ यहाँ हिउँद वर्खा गरमी पनि छ।
हिउँद र वर्खा फूलने फूल प्रजाती फरक छ,
सृष्टिले पनि रचेको कस्तो ! मानिस फरक् छ।।

फरक् छ नाक फरक् छ आँखा अनुहार् फरक् छ,
छालाको रङ्ग फरक फरक् बनोट फरक् छ।
फरक् छ जात फरक् छ भाषा भेषभुषा फरक् छ,
संस्कृति फरक् भोगाई फरक् जीवन फरक् छ।।

परिवार फरक् समाज फरक् सिकाई फरक् छ,
हुर्काई फरक् बढाई फरक् चरित्र फरक् छ।
मानिस पिच्छे भावना फरक् विचार फरक् छ,
रोजेको कुरा खोजेको कुरा फरक फरक् छ।।

फरक् छ माटो फरक् छ पानी भूगोल फरक् छ,
नाना छन् श्रोत प्रकृति एक अनुपम् गाथा छ।
सहिष्णु हामी अपार माया देश हाम्रो स्वर्ग छ,
मिलेर बस्छौँ नेपाली जन यसैमा गर्व छ।।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य