३० वर्षपछि दोहोरियो कांग्रेसमा ३६से र ७४रे काण्ड, बागमतीका मुख्यमन्त्री फेरिँदै

-

काठमाडौं, १० साउन ।  नेपाली कांग्रेसमा झन्डै तीन दशक पछि ३६से र ७४रे घटना दोहोरिने भएको छ। तर त्यो अलि भिन्न रूपमा दोहोरिएको छ। सो अनुसार बागमती प्रदेश सरकारमा मुख्यमन्त्री परिवर्तन हुने भएको हो । बागमती प्रदेशसभा काँग्रेस संसदीय दलमा मुख्यमन्त्री विरुद्ध  शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएपछि धेरैलाई  यो घटनाको सम्झना   गराएको छ।
२०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बहुमतमा थिए। नेपाली काँग्रेससँग प्रतिनिधिसभामा १ सय १४ सिट थियो। तर कोइरालाको विरोध हुँदै गएपछि सरकारले पेस गरेको नीति कार्यक्रममा काँग्रेसका ३६  सांसद अनुपस्थित भएका थिए। त्यसै कारण गिरिजाप्रसाद कोइरालाले पदबाट राजीनामा दिनु परेको थियो र यसै कारण २०५१ सालमा मध्यावधि चुनाव भएको थियो ।
अहिले यो घटना बागमती प्रदेशसभा कांग्रेस संसदीय दलमा दोहोरिएको छ। कांग्रेस नेतृत्वमा सरकार हुँदा हुँदै पनि दलको नेता फेर्न अविश्वासको प्रस्ताव दर्ता भएको छ।

आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका बहादुर सिंह लामालाई दलको नेताबाट हटाउन काँग्रेसका २१ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभामा काँग्रेसका ३७ सांसद छन् । दलको नेता हटाउन १९ सांसद भए पुग्छ।

लामालाई हटाएर काँग्रेसका बहुमत सांसदले इन्द्र बानियाँलाई नयाँ मुख्यमन्त्री बनाउन चाहेका छन् । बानियाँ बागमतीका सभापति पनि हुन् । बानियाँले २१ जना सांसदको हस्ताक्षर गरेर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । बागमतीमा ३७ जना संसद प्रदेश सरकारमा सहभागी छन् ।
बागमती प्रदेशको मुख्यमन्त्री लामालाई हटाउन अविश्वासको प्रस्ताव ड्राफ्ट गरेर बागमती प्रदेशमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका चार मन्त्रीले राजीनामा दिइसकेका छन्  ।

लामालाई हटाउन उनीहरूले अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउन ड्राफ्ट तयार पारी ह्वाट्सएपमार्फत राजीनामा दिएका थिए ।

मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको भन्दै काङ्ग्रेसकै मन्त्रीहरू उनीसँग रुष्ट थिए । २०७९ पुस १३ गते भएको निर्वाचनमा बानियालाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए । बागमतीमा कांग्रेस र एमालेका गठबन्धन सरकार छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य