काठमाडौ, ९ साउन। पूर्व राष्ट्रपति विद्या भण्डारीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्पष्ट दुई सन्देश देखिएका छन् । पहिलो सन्देश उनको पार्टी सदस्यता खारेजीविरुद्ध कानुनी उपचार र दोस्रो सन्देश
यो खारेजीको बिषयमा देशव्यापी अभियान चलाउने ।
भण्डारीले पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउनको लागि सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किन खोजेको बताएकी छन् ।
एमालेमा निषेधपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो सदस्यता नवीकरण भइसकेको विषय भएकाले विवादमा पार्नुपर्ने विषय नै नभएको बताइन् ।
उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भइ देश र जनताको सेवा गर्ने सङ्कल्प गर्नु कुनै अनौठो विषय नभएको बताइन् ।
भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको दोहोर्याएकी छन् । आफू देशका लागि थप योगदान दिनका लागि पार्टीमा फर्किन चाहेको उनले बताइन् । भण्डारीले आफ्नो सदस्यता यत्तिकै खारेज नहुने प्रस्ट पारिन् ।
उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुल हुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ ।’
भण्डारीले आफू अझै पनि आफू नेकपा एमालेको परिवारमा कायम रहेको बताइन् ।
‘कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्छ भन्ने मलाई लाग्दैन,’ भण्डारीले भनिन् । पत्रकारले भण्डारीलाई उनको भावी रणनीतिबारे धेरै प्रश्न राखेका थिए । सबैलाई छोटकरीमा सम्बोधन गर्दै उनले आफू एमालेमै रहेको र सदस्यता यथावत् रहेको दाबी गरिन् ।
भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको बताएकी छन् ।
आफू देशका लागि थप योगदान दिन पार्टीमा फर्किन चाहेको र कुनै लालसा नरहेको उनले बताइन् ।
भण्डारीले आफ्नो सदस्यता यत्तिकै खारेज नहुने प्रस्ट पारिन् ।उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुल हुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ ।’

