शर्माको भ्रष्टाचार आरोपपछि प्रचण्डको जबाफ: उदारता कमजोरी होइन

-

जनार्दनबारे माओवादी युवा नेता – कसले के भने ?

माधव सापकोटा

आज आन्दोलन र नेतृत्वलाई सराप्ने प्रियतावादीहरू बजारमा ध्यासछ्यास्ती छन् ।

रमेश मल्ल

आज यो उखान बढी सान्दर्भिक देखियो, जो चोर उसकै ठूलो स्वर ।

लेखनाथ न्यौपाने

राजनीतिबाट जसले अकुत सम्पत्ति थुपारे, उनीहरूले नै सम्पत्ति छानबिनको माग गर्नु बेइमानी हो ।

सरल सहयात्री

कसको सम्पत्ति छानबिन गर्ने? को पानी माथि छ? कुन प्रधानमन्त्री वा मन्त्रीले कस्तो काम गरे?

ओमकुमारी पौडेल

प्रचण्ड यात्रा यतिमै रोकिदैन। तिरिमिरी नहुनुस, तपाईंका धेरै साझेदारी घराना उठिवास लाग्नेवाला छन्।

काठमाडौं,७ साउन । नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिँदै भ्रष्टाचारको मुद्दा उचालेपछि पार्टीभित्र ठूलो विवाद उत्पन्न भएको छ। शर्माले मनमोहन अधिकारीबाहेक सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका थिए। उनका यी अभिव्यक्तिले माओवादी पार्टीमा तहल्का मच्चाएको छ।

राष्ट्रिय सभागृहमा आयोजित पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै शर्माले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी बाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरू भ्रष्टाचार र कमिसनखोरबाट टाढा नहुनुभएको दाबी गरे। उनले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार घट्छ, तर हाम्रो नेतृत्वमा यस्तो संकल्प देखिएन।’ उनले पार्टीभित्र नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने र पुनर्गठन अनिवार्य रहेको बताए। साथै, माओवादी नेताहरूको सम्पत्ति छानबिनको मागसमेत गरे।

तर, प्रचण्डले शर्मालाई आफ्नो उदारता सीमाभन्दा बढी नबोल्न चेतावनी दिएका छन्। उनले भने, ‘भिन्न मतलाई दमन गर्ने कमजोरी छैन, उदारता कमजोरी हो। मैले पार्टीभित्र कसैलाई निकालेको छैन। कतिपयलाई बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ।’ प्रचण्डले पार्टीमा आलोचना सहने तर आवश्यक स्थरमा संयम राख्नुपर्ने बताए।

शर्माका अभिव्यक्तिप्रति प्रचण्ड निकट नेताहरूले पनि कडा प्रतिक्रिया दिएका छन्। माधव सापकोटाले पार्टी र आन्दोलनलाई कमजोर पार्ने किसिमले आलोचना गर्न नमिल्ने बताएका छन् भने रमेश मल्लले ‘जो चोर उसकै ठुलो स्वर’ उखानले शर्माको कार्यशैली आलोचना गरे। लेखनाथ न्यौपानेले राजनीतिमा अकूत सम्पत्ति थुपार्नेलाई मात्र सम्पत्ति छानबिनको माग गर्ने उचित ठहर गरे। बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीभित्र गम्भीर समीक्षा आवश्यक रहेको औँल्याए।

पार्टीभित्र गुटबन्दी गहिरो भएसँगै शर्मा र प्रचण्डबीच मतभेद बढ्दै गएको देखिन्छ। शर्माले नेतृत्व छाड्न प्रस्ताव पनि राखेका थिए भने प्रचण्डले विशेष महाधिवेशनमार्फत समस्या समाधान गर्ने आश्वासन दिएका थिए। तर अहिले त्यो महाधिवेशन अनिश्चित बनेको छ।

उपमहासचिव हरिबोल गजुरेलले प्रचण्डलाई भ्रष्ट भन्न नमिल्ने र पार्टीमा हाल उनको विकल्प नभएको बताए। अर्का नेता भनेका छन्, ‘जनार्दन मन्त्री बने पनि अहिले भ्रष्टाचारको आरोप लगाउँछन्, यसलाई सोच्नुपर्ने छ।’

यसरी नेकपा माओवादी केन्द्रभित्र नेतृत्व र भ्रष्टाचार मुद्दामा गम्भीर विवादले पार्टीको एकता र स्थिरता चुनौतीमा परेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य