अबका तीन दिनमा यी जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना

Categories:

-

काठमाडौँ, साउन ५ — जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार, कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका प्रमुख नदीहरूमा आजदेखि तीन दिनसम्म उल्लेख्य बहाव बढ्ने पूर्वानुमान गरिएको छ।

सप्तकोशी नदी प्रणालीअन्तर्गत तमोर, अरुण, सुनकोशी, तामाकोशी लगायत नदीहरूमा उल्लेख्य वृद्धि हुने बताइएको छ। त्यस्तै नारायणी, कर्णाली र महाकाली नदी प्रणालीका सबै प्रमुख नदीहरूमा पनि लगातार तीन दिन उल्लेख्य बहाव बढ्ने अनुमान गरिएको छ।

पूर्वानुमान अनुसार, आज साना नदीहरू — ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, रामेछाप, दोलखा, कास्की, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगायत जिल्लाहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेको छ। त्यस्तै काठमाडौं उपत्यका, इलाम, झापा, धनकुटा, स्याङ्जा, दाङ, सुर्खेत, डोटी लगायतका जिल्लामा मध्यम जोखिम रहेको बताइएको छ।

भोली र पर्सी पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेको छ।

बाढी जोखिम पूर्वानुमान (२०८२-०४-०५)

🚨 उच्च जोखिम (Flash Flood)

  • ताप्लेजुङ, पाँचथर, तेह्रथुम
  • संखुवासभा, सोलुखुम्बु, भोजपुर
  • रामेछाप, खोटाङ, डडेल्धुरा, कैलाली, कञ्चनपुर

⚠️ मध्यम जोखिम

  • काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे
  • इलाम, झापा, स्याङ्जा, दाङ, सुर्खेत
  • धनकुटा, धादिङ, डोटी, अछाम, बैतडी

✅ सामान्य बढ्ने नदीहरू

महाशाखाले नदी किनारमा सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन तथा आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्ने सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य