काठमाडौँ, ४ साउन । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक ऐन २०८१ अनुसार नगरवासीका लागि कर छुटको व्यवस्था गरेको छ। साउन २ गते जारी सूचनामा सम्पत्ति कर, भूमिकर (मालपोत), घर जग्गा बहाल कर र व्यवसाय करमा ५ प्रतिशत छुट दिइने उल्लेख गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको हस्ताक्षरसहित जारी सूचनामा आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक (साउन–कात्तिक) भित्र कर तिर्ने करदाताले सो छुट पाउने जनाइएको छ।
यस्तै, आर्थिक वर्ष २०७८/०७९ सम्मका बक्यौता करहरू पनि सोही छुटका आधारमा तिर्न सकिने व्यवस्था गरिएको छ।
एकल महिला, अपाङ्गता भएका व्यक्ति, साना तथा मझौला उद्यम सञ्चालन गर्ने समूह वा व्यक्तिलाई कुल करको १० प्रतिशतसम्म छुटको विशेष प्रावधान पनि लागू गरिएको छ।
प्रतिक्रिया दिनुहोस्


