पूर्व राष्ट्रपति भण्डारीले पार्टी सदस्यता नवीकरण नगरेको ओलीको भनाई झुठ, संगठन विभाग प्रमुख अधिकारी भन्छन् ‘उहाँको सदस्यता नवीकरण भएको छ’

-

काठमाडौ ३ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेको सदस्यता नवीकरण नै नभएको दाबी झुठो सावित भएको छ । कसैले उचालेका भरमा पूर्वराष्ट्रपतिले राजनीतिमा आउनु नहुनेसमेत उनले बताएका थिए ।

शुक्रबार बसेको पोलिटब्यूरो बैठकमा बोल्दै ओलीले पार्टीका विरुद्ध ठूलो संगठित हमला भइरहेको दाबी गरे । यहीबेला पार्टी भित्रबाट पनि हमला सुरु भएको र यो रोकिनुपर्ने उनको भनाइ थियो । ओलीले भने, ‘पार्टीभित्रको अराजकतालाई रोक्नुपर्छ, नभए पार्टीले रोक्छ ।’

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा पत्रिकाबाट थाहा भएको उनले दाबी गरेका थिए ।

‘उहाँलाई दुईपटक पार्टीले राष्ट्रपतिमा पठाएको हो, अहिलेको संवैधानिक व्यवस्थाअनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिइएको हो’, उनले भने, ‘उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन । उहाँप्रतिको विश्वासको कुरा हुन्छ । पार्टीको सदस्यता नवीकरण भएको छैन । सदस्यताको निर्णय कमिटीले गर्छ । विधिसम्मत छलफल गरेर निर्णय गर्ने हो । यो मेरो व्यक्तिगत धारणा हो’, ओलीले भनेका थिए ।
तर एमालेको आधिकारीक वेवसाइटमा बिद्य भण्डारीको सदस्यता नवीकरण भएको प्रस्ट देखिन्छ। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले रातो सूर्यसग भने – अरु मलाई थाहा भएन उहाँको सदस्यता नवीकरण भएको छ।
एमालेमा पार्टी सदस्याको अभिलेख राख्ने अधिकारीक निकाय हो संगठन विभाग ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य