बालकुमार नेपाल / काठमाडौ, २ साउन । नेता ईश्वर पोखरेल एमालेको एउटा जीवित इतिहास हुन्। उनी केपी ओली जतिका खुराफाती छैनन् । उनका मन भित्र अनेक कुरा चलिरहन्छ। साना कमजोरी छन् । तै पनि उनी कम्युनिस्ट आन्दोलनका एउटा सीपाही हुनु भन्दा कसैको शिर निहुरिने अवस्था छैन। ओखलढंगाबाट नौ वर्षको उमेरमा भौँतारिएर उनी महोत्तरी प्रवेश गरेका एउटा जनताका छोरा हुन्न । उनका कमजोरी नकेलाऊ । साँच्चै भन्दा सानो चित्त गरेका उनी ठुला नेता हुन् ।
यो चर्चा गर्नुको अर्थ छ उनले बिहीबार एमाले सचिवालय बैठकमा दिएको डेढ घण्टा लामो वक्तव्य । उनले त्यो बैठकमा सबैलाई स्तब्ध पारे। उनले आफ्नो भनाई राख्दा एमाले अध्यक्ष ओलीको आँखाको डिलमा के भएको थियो , त्यो सचिवालय बैठकका सहभागीलाई थाहा छ।
ओली प्रधानमन्त्री भएको बेला यिनी रक्षा मन्त्री थिए । ओलीले अपमान पूर्वक यिनलाई विना विभागीय मन्त्री बनाए । तै पनि त्यो बेला उनको सहन शक्ति र क्षमताको ठुलो तारिफ भयो। किन कि उनी ओखलढुंगे मनका थिए – “चार अमल काटे ख्याल ख्याल”। यिनले त्यो पनि चुप चाप सही रहे । यिनका कमजोरी लाखौँ छन् । तर, यिनका गुण सयौँ छन् । त्यही भएर बिहीबार यिनले सचिवालय बैठक स्तब्ध पारे आफ्ना कुरा राखे ।
एमालेको राजनीतिमा उनी आफै अध्यक्ष बन्ने हैसियतका नेता हुन् । बुटवलको आठौँ महाधिवेशनमा यिनले झलनाथ खनाललाई गर्लम्म काँध हाले ।त्यसैले सबैतिरबाट ओली अध्यक्ष हुनपर्छ भन्ने धेरैको सपना भत्काउनुमा यिनको ठुलो भूमिका छ। त्यसपछि माधव नेपाल नेतृत्वमा बनेको सरकार विरुद्ध माओवादीले ठुलो आन्दोलन ग¥यो । पोखरेल पार्टीमा नेपालको पक्षमा उभिए। एमालेका ६५ जनाले नेपाल नेतृत्वको सरकारविरुद्ध हस्ताक्षर गर्दा उनले पाटीमा तिनीहरुका विरुद्ध ठुलो लडाइ लडे । तर माधव नेपालले उनलाई धन्यवाद सम्म दिएनन्।
उनले साचो कुरा गर्दा बिहीबारको बैठकमा उनको पदमाथि नै दागा धरियो । त्यो थियो वरिष्ठ उपाध्यक्ष पदको खारेजी । उनले त्यो प्रस्ताव आउँदा दायाँ बायाँ हेरे । सबै शक्तिका पुजारी थिए । यो पद रहँदा एमालेका के चाहिँ बिग्रन्थ्यो होला ! तर उनी माथि ठुलो हमला भयो । किन कि यो प्रस्ताव उनलाई हटाउनका लागि आएको थियो ।
उनीसँग लाखौँ विमति होलान् तर बिहीबारको यो निर्णयले चम्की रहेको एमाले अध्यक्ष ओलीको अनुहारमा केही न केही दाग भने छोड्यो ।।

