काठमाडौ, २ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समय पछि बैठकको अनुभूति गरे। बिहीबार बसेको बैठकमा दायाँतिर थिए महासचिव शङ्कर पोखरेल र बायाँ तिर थिए वरिष्ठ नेता ईश्वर पोखरेल दुई पोखरेलको माझमा थिए एमाले अध्यक्ष केपी शर्मा ओली ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएसँगै एमालेमा तीव्र रूपमा ध्रुवीकरण सुरु भएको छ । यसको गज्जबको दृश्य थियो बिहीबार को सचिवालय बैठक ।
दसौँ राष्ट्रिय महाधिवेशन यता एमालेका बैठकहरू औपचारिकतामा मात्रै सीमित थिए । अध्यक्ष केपी शर्मा ओलीको इशारामा पास हुने प्रस्तावले बिहीबार भने अर्कै रूप धारणा ग–यो । । दसौँ राष्ट्रिय महाधिवेशन यता यति लामे समय छलफल भएको यो पहिलो पटक थियो ।
बिहीबार १० घण्टासम्म चलेको सचिवालय बैठकमा प्रस्तुत प्रस्तावहरू सहमतिको आधारमा टुङ्गो लागेन । बहुमत अल्पमतमा आधारमा प्रस्ताव पारित गरिए । दसौँ राष्ट्रिय महाधिवेशन यता अल्पमत बहुमतका आधारमा पारित भएको यो पहिलो घटना हो । बिहीबारको बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा प्रवेशको ढोका बन्द गर्ने प्रयास गरेको छ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको विधानबाट ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव थियो । यसै गरी बैठकमा १९ सदस्यीय पार्टी पदाधिकारी घटाएर ११ कायम गर्ने, केन्द्रीय कमिटीको सङ्ख्या १९९ मा झार्ने लगायतका प्रस्ताव पौडेलले अघि सारेका थिए ।
उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीसँगको परामर्शमा यो प्रस्ताव अघि सारेका थिए । उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको मस्यौदामाथि नेताहरुले आफ्ना कुरा राखेका थिए ।
विधानबाट ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्तावमा सहमति नजुटेपछि बैठक लम्बिएको थियो । पदाधिकारीहरुविच सहमति नजुटेपछि बहुमतको आधारमा निर्णय भएको एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘बहुमतको आधारमा यो निर्णय पारित भएको हो ।’ ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा यो प्रस्ताव भएको हो ।
स्रोतका अनुसार बैठकमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच भनाभन नै चलेको थियो । स्रोतका अनुसार विधानमाथि धारणा राख्ने क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विधान तीन पटक छापिएको भन्दै आपत्ति जनाएका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले तीन पटक विधान छापिएको प्रसङ्ग उठाएपछि ओलीले हस्तक्षेप गर्न खोज्दा पोखरेल जङ्गिएका थिए ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अनुसार १५ जनाको पदाधिकारी र केन्द्रीय कमिटीको आकार २५१ सदस्यीय हुने प्रस्ताव पारित भएको बताए । यसै गरी उनका अनुसार सदस्यता दुई खाले हुने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।
पूर्व राष्ट्रपति भण्डारीले १४ असार पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् । सोही कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले खुलेरै पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा आउनुपर्नेमा जोड दिएका थिए । त्यसयता एमालेमा ध्रुवीकरण सुरु भएको हो ।

