12.1 C
Kathmandu

गान्धीको यस्तो चित्र तपाईंले पहिले कहिल्यै देख्नु भएको थिएन, लन्डनमा भयो करोडौंमा बिक्री

-

काठमाडौँ ,१ साउन । महात्मा गान्धीको एउटा दुर्लभ चित्र लन्डनमा आयोजित लिलामीमा २ लाख ४ हजार ६४८ अमेरिकी डलरमा बिक्री भएको छ। यो लिलामी घर Bonhams ले आयोजना गरेको हो, जसले यस चित्रको प्रारम्भिक मूल्य ६७ हजारदेखि ९४ हजार डलरसम्म हुने अनुमान गरेको थियो। तर अन्ततः यो अनुमानभन्दा झण्डै तीनगुणा बढी मूल्यमा बिक्री भयो।

सन् १९३१ मा गान्धी बेलायतको लन्डन भ्रमणमा रहँदा बेलायती कलाकार क्लेयर लेइटन द्वारा बनाइएको यो चित्र एक मात्र ओइल पेन्टिङ हो, जसको लागि गान्धी स्वयंले पोज दिएका थिए।

गान्धी त्यतिबेला दोस्रो गोलमेच सम्मेलनमा भारतको लागि संवैधानिक सुधार र स्वशासनका विषयमा छलफल गर्न सहभागी हुन लन्डन पुगेका थिए। विश्वभरका लाखौं मानिसलाई अहिंसात्मक आन्दोलनमार्फत प्रेरणा दिने गान्धीको यो चित्र विशेष ऐतिहासिक महत्त्व बोकेको मानिन्छ।

चित्र सन् १९८९ मा लेइटनको निधनसम्म उनको निजी संग्रहमा रहेको थियो। त्यसपछि उनको परिवारलाई हस्तान्तरण गरिएको थियो। बोनह्याम्सले यस चित्रको खरिदकर्ता को हुन् भन्ने खुलाएको छैन। साथै, यो चित्र अब सार्वजनिक प्रदर्शनीमा राखिने हो कि होइन भन्ने पनि स्पष्ट गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य