एमाले सदस्यता नवीकरणमा अब परीक्षा अनिवार्य

-

काठमाडौं, ३१ असार। नेकपा एमालेले सदस्यता नवीकरण प्रक्रियामा अब परीक्षा अनिवार्य गर्ने निर्णय गरेको छ। पार्टीको आसन्न विधान महाधिवेशनको तयारीस्वरूप बसेको बैठकले संगठनलाई व्यवस्थीत, योजनाबद्ध र डिजिटल बनाउन विभिन्न प्रस्तावहरू पारित गर्दै परीक्षा प्रणाली लागू गर्ने निर्णय लिएको हो।

बैठकले पार्टीका कोर भ्यालुजहरू स्थापित गर्न, प्रणालीमा सदस्यहरूलाई अभ्यस्त गराउन र डिजिटल प्रणालीमार्फत सदस्यता वितरण गर्न विशेष अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ।

साथै, पार्टी सदस्य बन्ने प्रत्येक व्यक्तिले एमालेसम्बन्धी आधारभूत जानकारीका विषयमा परीक्षा दिनुपर्ने प्रस्ताव पारित भएको छ। मतदाताको ६ प्रतिशत संख्यालाई पार्टी सदस्य बनाउने लक्ष्यसहित यो कदम चालिएको हो।

यसबाहेक, समुदायसँग जनसंगठन अभियान, सबै तहका कमिटीमा लघु प्रशिक्षण, जिल्लागत प्रोफाइल निर्माण र दुई पुस्ताबीच सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।

पार्टीले विधान संशोधनका लागि मर्यादित भाषामा सुझाव पठाउन सम्पूर्ण कमिटीलाई निर्देशन दिएको छ भने संगठनात्मक प्रतिवेदन र विवरण पार्टी नेतृत्वमा पठाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य