काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अन्य व्यक्ति संलग्न भएको भन्ने विषयमा गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिँदै भ्रमणमा संलग्न सबैको विवरण संकलन गर्न भनेका हुन्।
“प्रधानमन्त्रीको प्रतिनिधिमण्डल बाहेक स्पेन को–को गए? कुन प्रक्रियाबाट गए? भिजिट भिसाको व्यवस्था कसले गर्यो? भन्नेबारे अनुसन्धान हुन्छ,” मन्त्री लेखकले भने।
छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्यूरो खटिनेछ। दोषी पाइए कडा कारबाही गरिने मन्त्री लेखकले स्पष्ट पारे।
प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए।
प्रतिक्रिया दिनुहोस्

