‘नोटिस’ शब्दले एमालेभित्र ‘सुराकीमा रोजगारी’ 

-

काठमाडौं २९ असार । एमाले महासचिव शङ्कर  पोखरेलले दिएको एउटा अभिव्यक्तिको दुरुपयोग गर्दै ‘ विरोधी सफाय’ गर्ने प्रयास भएको छ। बिशेष गरी नियुक्ति सरुवा बढुवा,का लागि भजन गाउने गजबको स्तुति बनेको छ ‘नोटिस’
यस बेला पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउनका लागि समर्थन गर्ने विरुद्ध एमालेमा ‘ नोटिस’ आतङ्क नै छाएको छ।  एमालेमा भण्डारीको पक्षमा लाग्नेहरूको कोड नाम नै नोटिस भएको छ। यद्यपी यसको औपचारिक रूपमा कतै उल्लेख गरिएको छैन। तर एमाले भित्र भण्डारीविरुद्ध नोटिस अभियान चलाइएको र उनका समर्थकमाथि औला ठड्याउँदै नोटिस भन्ने शब्द प्रयोग गर्न थालिएको छ।
पार्टीको बैठकमा, भेला छलफलमा समेत  कुनै कार्यकर्तालाई विद्याको समर्थक वा  आलोचक भन्न छोडेर नोटिस हो कि होइन भन्न थालिएको छ।
पार्टीका काममा नजाने, नेता वरिपरि बसेर घुम्ने, देश र सरकार आफैले चलाए झैँ गर्नेहरूले अहिले ‘नोटिस’ रोजगारी पाएका छन् । नेताहरूलाई नोटिस को को हुन भन्ने रिपोर्ट सुनाएर  उनीहरूले आफ्नो स्थान सुरक्षित गरेका छन् ।

यद्यपी महासचिव शङ्कर पोखरेलले एक सन्दर्भमा दिएको मन्तव्यलाई दुरुपयोग गर्दै उनीहरूले यस्तो सुराकी गर्न थालेको बताइएको छ। नोटिस शब्दको अपव्याख्या गर्दै नेतृत्वको वरिपरिका घुमुवाहरूले पोखरेलको कद समेत घटाउने काम गरेको एक एमाले नेताले बताए।
महासचिव पोखरेलले महाधिवेशनबाट पारित विधानका बारेमा टिप्पणी गर्नु सङ्गठनात्मक अराजकता हुने   र त्यसलाई नमान्नेलाई नोटिस गरिएको भनाई राखेका थिए ।

जनसङ्गठनहरूका पदाधिकारी र इन्चार्जको भेला गरेर पोखरेलले सङ्गठनात्मक अराजकताको प्रतिवाद गर्न निर्देशन दिएका थिए ।

‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्छ,’ उनको भनाई थियो ,  ‘दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफै अनुमोदन गर्ने अनि अहिले आफै प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो ।’
‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो, जसले यस्ता गतिविधि गर्दै, त्यसको प्रतिवाद गर्नुपर्छ’, पोखरेलको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य