बिहीबार शेखरपक्षका नेताहरुको अलगै भेला , देउवा विरोधीमाथि अनुशासनको कारबाही

-

काठमाढौ, २६ असार । कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना बिरोधीहरुलाई बिभिन्न शिर्षक दिएर अनुशासनको कारबाही गरेका छन् । यो कारबाहीबाट असन्तुष्ट भएका इतर पक्ष धने आक्रोशित भएको छ।

अधिकांश आफूनिकट नेताहरूलाई पार्टीले कारबाही गरेपछि नेता शेखर कोइरालाले बैठक डाकेका छन्। आफू निकट नेताहरूको बैठक बिहीबार बस्नेगरी बोलाएको एक नेताले बताए ।

नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । संस्थापन इतर समूहको बिमतिबीच बहुमतको आधार नेताहरूमाथि कारबाही गरेपछि डा शेखर कोइराला समूहले असन्तुष्टि जनाएको हो ।

आनन्दप्रसाद ढुंगानाको संयोजक रहेको अनुशासन समितिका सदस्य सञ्जय गौतम र राजीव कोइरालाले बिमति राखेका थिए । ढुंगानासहित ईश्वरी न्यौपाने र ध्रुव वाग्ले गरि ३ जनाले नेताहमाथि कारबाहीको निर्णय गरेका हुन् ।

शेखर निकट एक नेताले भने, ‘हामीले विमति राख्दाराख्दै उहाँहरूले बहुमतले निर्णय गर्नुभयो यो कारबाहीमा हाम्रो सहमति छैन ।’

२०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोपमा तीन बर्षपछि कारबाहीको डन्डा चलाएको हो ।

तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नं। १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई निष्कासन गरिएको छ भने अधिकांशलाई निलम्बन गरिएको छ। कारबाहीमा परेका अधिकांश शेखर निकटका नेताहरू छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य