रसुवा,२४ असार — हालैको बाढी र पहिरोबाट प्रभावित रसुवागढी क्षेत्रको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार त्यहाँ पुगेका छन्।
सोमबार राति आएको बाढी र पहिरोका कारण ठूलो क्षति पुगेपछि प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, र ऊर्जामन्त्री दीपक खड्का पनि घटनास्थलमा पुगेका हुन्।
प्रधानमन्त्रीको टोलीमा मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति सहित तीनवटै सुरक्षा निकायका प्रमुखहरू, साथै नेपालका लागि चिनियाँ राजदूतको पनि सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्





