केरुङ र लेन्दे खोलामा भीषण बाढीः मितेरी पुल बगायो, कर्मचारी र चालक सम्पर्कबिहीन

Categories:

-

रसुवा,२४ असार ।छिमेकी देश चीनतर्फको अबिरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–१, रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति पुर्‍याएको छ।

मंगलबार बिहान करिब ३ः१५ बजे आएको बाढीले पुलमा क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।

उक्त बाढीले सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा समेत पसेर केही मालबाहक कन्टेनर बगाएको छ। अधिकारीका अनुसार बाढीपछि भन्सार क्षेत्रमा रहेका मानिसहरूको उद्धार गर्न गएका ११ जना उद्धारकर्मी नै त्यहाँ फसेका छन्।

बाढीले भन्सार नजिकैको ड्राइपोटमा समेत क्षति पुर्‍याएको छ। पार्किङ गरिएको गाडीहरू बगाएको छ भने त्यहाँ कार्यरत कर्मचारी तथा सवारी चालकहरूसँग सम्पर्क स्थापित हुन सकेको छैन। क्षतिको यकिन विवरण संकलनको कार्य जारी रहेको छ।

हालसम्म कुनै मानवीय क्षतिको खबर भने प्राप्त भएको छैन। नदीमा पानीको बहाव अझै उच्च रहेकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य