कुलिङ पिरियड छानबिन समितिः कांग्रेस संयोजक भएकोमा दुईदलको आपत्ति, विवादमा मुछिएका सभापति खतिवडाले समितिको गाडी प्रयोग नगर्ने, कार्यालय नजाने

-

काठमाडौं २३ असार । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन गर्न संसदीय समिति भएको छ।
समितिको नाम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ रहेको छ ।बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा समितिमा रहने सदस्यको नाम दलका प्रमुख सचेतकले सभामुखलाई दिएका थिए ।

७ सदस्यीय समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली, राप्रपाबाट रोशन कार्की सदस्य रहनेछन् ।

कांग्रेसले नेतृत्व गर्ने यो समितिलाई छानबिनका लागि २१ दिनको समय दिइनेछ । सहमति अनुसार नेपाली कांग्रेसका सांसद जीवन परियार संयोजक रहने छन् । तर राज्य ब्यबस्था समितिका सभापति जोडिएको प्रकरण भएकोले सो पार्टीको संयोजकत्व हुनुनहुने भन्र्दै राप्रपा र रास्वपाले असन्तुष्टि जनाएका छन् ।
यसैबिच राज्यव्यबस्था समितिका सभापति रामहरि खतिवडाले समितिले छनविन नसके सम्म आफु समितिको कार्यालय नजाने र त्यसको हैसियतमा प्राप्त गरेको सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन्।‘ समितिले राज्यव्यबस्था समितिको कार्यालयबाट छानबिनसंग सम्बन्धि सबै डकुमेन्ट नलगे सम्म आफु समितिको कार्यालय जान्न र त्यस हैसियतमा प्राप्त गरेको गाडी समेत प्रयोग गर्दिन’ खतिवडाले रातो सूर्यसंग भने

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य