सर्वस्व नमाग

-

सर्वस्व नमाग

-नारायणबाबु तिम्सिना
……………………
नमाग मसँग सुख नमाग
गराइ बेहाल खुसी नमाग ।।

नमाग मसँग रहर नमाग
पारेर कहरमा बहार नमाग ।।

नमाग मसँग टाइम नमाग
बनाइ व्यस्त फुर्सद नमाग ।।

नमाग मसँग जेथा नमाग
बढाइ व्यथा अथाह नमाग ।।

नमाग मसँग लालटिन नमाग
सकिएपछि सलेदो वर्तन नमाग।।

नमाग मसँग अखबार नमाग
डेट एक्स्पायर समाचार नमाग ।।

नमाग मसँग अवसर नमाग
लुटेर आनन्द पुरस्कार नमाग।।

नमाग मसँग आजीवन नमाग
बनेर पागल सर्वस्व नमाग।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य