सरकारी सेवा सुविधा त्यागेर राजनीतिको मैदानमा उत्रदै पूर्व राष्ट्रपति भण्डारी

-

काठमाडौं १६ असार । १० वर्षपछि नेकपा एमालेको राजनीतिमा पुनः क्रियाशील भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् । कतिपयले सरकारी सेवा र सुविधा लिएर राजनीतिमा फर्कन लागेको भन्दै उनको आलोचना गरेका थिए। आलोचकहरुलाई कडा जवाफ दिदै भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्न लागेको स्रोतले बतायो।

पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने स्रोतले जानकारी दियो। ।

भण्डारीनिकट स्रोतले भन्यो– धेरै नेता कार्यकर्ताले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने क्रममा सेवा सुविधा फिर्ताको जानकारी पनि गराउन भनेका थिए । तर उहाँले त्यो सस्तो प्रचार र स्टन्टबाजी हुने भन्दै सरकारको सम्बन्धित निकायलाई पत्र पठाएर फिर्ता गर्ने चाहना राखेकाले सोही अनुसारको प्रक्रिया अघि बढेको छ ।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत छन् ।

त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।

त्यसो त सरकारले पूर्ब गृहमन्त्री समेतलाई यस्तो सुविधा उपलब्ध गराएको छ।
यता भण्डारीसंगै उपराष्ट्रपति भएका माओवादी नेता नन्दबहादुर पुन पासाङले भने सरकारले दिएको सुविधान प्रयोग गर्दैै आएको स्रोतले बतायो। उनी अहिले माओवादी केन्द्रका उपाध्यक्ष भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य