काठमाडौ, १६ असार ।रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। सो क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा राप्रपा नेता दीपक बोहराको गत चैत १९ गते निधन भएको थियो। उनले यस क्षेत्रमा तत्कालीन गृहमन्त्री रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई हराएका थिए।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले आवश्यक तयारी पूरा गरी सो मितिमा उपनिर्वाचन गराउने निर्णय गरेको हो।
यौ संगै मनाङ २ को प्रदेश सभा र स्थानीय तहका रिक्त स्थानको हकमा भने सोही मितिमा चुनाव गराउने निर्वाचन आयोगको तयारी छ।
मनाङको हकमा सर्बोच्च अदालतको फैसला आयोगमा आइ नसकेकाले रुपन्देहीको निर्णयमा समेट्न नमिलेको आयोगले जानकारी दिएको छ। ।
सो क्षेत्रबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ दिपक मनाङको पद रिक्त हुने फैसला सर्बोच्चले गरेको छ ।
फैसला आएपछि सोही मितिमा निर्वाचन गर्न सकिने आयोगले जनाएको छ । त्यस्तै यसबीचमा निधन भएका स्थानीय तहका प्रमुख,उपप्रमुख र वडाध्यक्षको हकमा सबै विवरण लिएपछि सोही मितिमा निर्वाचन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

