राजासँग भेट गर्दै प्रधानमन्त्री ओली! नेपालको अन्तर्राष्ट्रिय हैसियत बढ्ने संकेत

Categories:

-

काठमाडौं,१४ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २९ सदस्यीय नेपाली प्रतिनिधिमण्डल ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (FfD–4)’ मा सहभागी हुन आज स्पेन प्रस्थान गरेको छ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सेभिल्लामा हुने उक्त सम्मेलनमा भाग लिन गएका हुन्। सम्मेलनमा प्रधानमन्त्रीले विकासशील राष्ट्रहरूको वित्तीय आवश्यकता र नेपालले सामना गरिरहेका आर्थिक चुनौतीबारे सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र प्रधानमन्त्री पेड्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ।

उक्त भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री कार्यालय सचिव राजकुमार श्रेष्ठ, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, र शिष्टाचार महापाल कुमारराज खरेललगायत रहेका छन्।

काठमाडौंबाट २१ जना र स्पेन तथा न्युयोर्कबाट थप आठजना गरी कुल २९ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुनेछ।

प्रधानमन्त्रीको यो भ्रमणलाई नेपालको आर्थिक कूटनीति बलियो बनाउने अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य