साउन ५ मा एमालेमा कित्ताकाट,पहिलो पल्ट केन्द्रीय समितिमा विद्या भण्डारी लाइनको इन्ट्री 

-

काठमाडौं १२ असार । नेकपा एमालेले भित्र पहिलो पटक विद्या भण्डारीको लाइन इन्न्ट्री हुने भएको छ।  बिशेषगरी ७० वर्षको उमेर हद र लगातार दुई कार्यकाल कार्यकारी पदमा  रहेपछि बिदा हुने कि नहुने भन्ने विषयले प्रवेश पाउने स्रोतले बतायो । एमाले भित्र  आन्तरिक लोकतन्त्र गुम्सिरहेको बेला पूर्व राष्ट्रपति विद्या भण्डारी लाइनले नयाँ उत्साह छर्ने बताइएको छ।  भण्डारीले यस बिषयमा राम्रोसँग कुरा उठाउन आफ्ना पक्षका  केन्द्रीयसदस्यलाई परामर्श परामर्श दिएको स्रोतले बतायो ।ु स्रोतले बतायो ।
बुधवार बसेको पार्टीको सचिवालय बैठकले आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्  ।

त्यस्तै, साउन २ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय पनि भएको उनले बताए । बैठकमा भदौ २२–२२ मा हुने विधान अधिवेशनबारे छलफल हुने उनले बताए ।

विधान अधिवेशनमा तीनवटा प्रस्ताव प्रस्तुत गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।

उपमहासचिव ज्ञवालीका अनुसार, अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव विधान अधिवेशनमा पेस गर्नेछन् ।
त्यस्तै, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्नेछन्

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य