29.1 C
Kathmandu

नेपाली साहित्य समाजवादतिर छ कि पुँजीवादतिर? प्रा.डा. हेमनाथको जवाफले हल चकित!

-

 वैरागी जेठा/काठमाडौँ, ७ असार  । साहित्य सन्ध्याले आयोजना गर्दै आएको नियमित मासिक शृङ्खलाको ४६४ औँ संस्करण आर.आर. क्याम्पस, प्रदर्शनीमार्गमा शनिबार सम्पन्न भयो। ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा विशद परिचर्चा र विशेष कविगोष्ठीसहित कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षता र सदस्य डा. भागवत आचार्यको सञ्चालनमा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा प्रा.डा. हेमनाथ पौडेल उपस्थित थिए। उहाँले समकालीन साहित्यमा समाजवादी, प्रतिध्रुवीय र समानान्तर धारहरू सक्रिय रहेको बताउँदै समाजवादको दर्शन र यथार्थबीचको सम्बन्धबारे विस्तृत धारणा राख्नुभयो।

डा. पौडेलले पुँजीवादी व्यवस्थालाई अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने लक्ष्यसहितको समाजवादको विचार नेपालमा संविधानले अंगीकार गरे पनि व्यवहारमा त्यो अझै कार्यान्वयन नहुने अवस्थामा रहेको उल्लेख गर्नुभयो। उहाँले समाजवादी यथार्थवादले केवल यथार्थको वर्णन मात्र नगरी आदर्श भविष्यको परिकल्पनासमेत गर्ने बताए। म गोर्कीको ‘आमा’ उपन्यासदेखि सुरु भएको समाजवादी यथार्थवादी साहित्यको परम्परा, सोभियत संघ, चीन र भारतको सन्दर्भमा चर्चा गर्दै नेपाली साहित्यमा २००८ सालदेखि नै यस धाराको विकास सुरु भएको उहाँको भनाइ थियो।

कार्यक्रममा डा. फणीन्द्रराज निरौला, पोष चापागाईँ, डम्बर पहाडी, डा. कृष्ण सुवेदी, रत्ननिधि रेग्मी, जयन्ता पोखरेल, ओमप्रसाद कोइरालालगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

दोस्रो चरणमा विशेष कविगोष्ठी आयोजना गरियो, जसमा विविध स्रष्टाहरूले समाजवादी विचार झल्किने कविता प्रस्तुत गरे।

कार्यक्रमले साहित्य र समाज परिवर्तनबीचको गहिरो सम्बन्ध पुनः उजागर गरेको सहभागीहरूको धारणा थियो। साहित्य सन्ध्याले समाजका समसामयिक सवालमा बहसको संस्कृति अघि बढाइरहेको सन्देश यस शृङ्खलाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रंगशालारंग