एपीवानको सद्गमय कार्यक्रमको दोस्रो सिजन पुरा , तेस्रोको तयारी

Categories:

-

काठमाडौं ७ असार । असार । एपी वान टेलिभिजनबाट साप्ताहिक रूपमा हरेक बिहीबार प्रसारण हुँदै आएको सद्गमय कार्यक्रमको दोस्रो सिजन पुरा भएको छ। विभिन्न सामाजिक बिषयमा आधारित भई नेपाली समाजमा भएका घटनाहरूको विश्लेषण गरी तयार परिने यो कार्यक्रमको दोस्रो सिजन पुरा भएको हो। कार्यक्रम एपीवान टेलिभिजनमा हरेक बिहीबार साँझ साँढे आठ बजे नियमित प्रसारण हुँदै आइरहेको थियो।
संस्कृति एडर्भटाइजिङको मार्केटिङ रहेको यो कार्यक्रमको दोस्रो सिजन आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिने अध्यक्ष तेजमणि दाहालले जानकारी दिए।
ललितपुरको तिलिपु होटेलमा आइतबार दिउँसो १ बजे आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र विशेष अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी हुने छन् । साथै कार्यक्रममा बिभिन्न ख्याति प्राप्त कलकारहरूको समेत सहभागिता हुने आयोजकले जानकारी दिएका छन् ।
सो एडर्भटाइजिङले छिट्टै सद्गमयको तेस्रो सिजन कार्यक्रम सोही टेलिभिजन मार्फत ल्याउन लागेको अध्यक्ष तेजमणि दाहालले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य