फागुनमा राष्ट्रियसभाको निर्वाचनः कांग्रेस पहिलो, एमाले दोस्रो दल बन्दै, अल्पमतको संकटबाट मुक्त हुँदै सत्ता गठबन्धन

-

काठमाडौँं ७ असार । केही समयदेखि राष्ट्रियसभामा अल्पमतमा परेको सत्ता गठबन्धन कांग्रेस एमाले आगामी फागुन देखि पुनः बहुमतमा पुग्ने भएका छन् । यसका लागि उनीहरुले एक आपसमा राष्ट्रियसभामा निर्वाचन हुन लागेको १८ सिटमा तालेमल गर्ने छन् ।
राष्ट्रियसभामा पहिलो दलका रुपमा रहेको एमाले दुई बर्ष अघिको निर्वाचनमा माओवादी, कांग्रेस, नेकपा एसबिच गठबन्धन हुँदा तेस्रो शक्तिमा खुम्चेको थियो। अब हुने १८ सिटको निर्वाचनमा कांग्रेस एमालेले गठबन्धन गरेमा राष्ट्रियसभामा सत्ता गठबन्धनको सजिलै बहुमत पुग्ने छ।
यसो हुँदा राष्ट्रियसभामा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दल हुने छन् ।
सरकार रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा सदस्यका साथै आगामी फागुनमा रिक्त हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचन गर्ने तयारी जुटेको छ।

उपनिर्वाचन तथा राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उनीहरूले कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १९ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो।

यी दुवै निर्वाचन क्षेत्रमा कात्तिक दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परमार्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ।

यसका साथै आगामी फागुन २० गते कार्यकाल सकिएर बिदा हुने १९ जना राष्ट्रियसभा सदस्यको निर्वाचनबारे आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीसँग छलफल गरेका छन्।

आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रियसभा सदस्य बिदा हुँदैछन्। जसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम कार्यकाल पूरा गरेर फागुन २० गते राष्ट्रियसभाबाट बिदा हुँदैछन्। उनको ठाउँमा पुनः राष्ट्रपतिबाट मानोनीत भएर अर्का सदस्य आउनेछन्। कांग्रेस एमाले गठबन्धनको सरकार भएकोले यसमा पनि सहमतिबाटै सत्ता पक्षका सांसद मनोनित हुने छन् ।

रिक्त हुने बाँकी १८ पदका लागि भने निर्वाचन हुनेछ। फागुन २० गते बिदा हुनेमा सबैभन्दा बढी नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरू छन्।

६ वर्षे कार्यकाल पूरा गरेर आगामी फागुनमा एमालेका ८, माओवादी केन्द्रका ७, नेकपा (एकीकृत समाजवादी) का १, जनता समाजवादी पार्टी (जसपा) नेपालका १ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ सदस्य कार्यकाल सकेर बिदा हुँदैछन्।

आगामी फागुनमा राष्ट्रियसभाबाट बिदा हुनेमा नेकपा एमालेका इन्दिरा गौतम गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे शारदा देवी भट्ट र सुमित्रा बिसी रहेका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की दलित गंगाकुमारी बेलबासे , जगप्रसाद शर्मा, तारामान स्वाँर नारायणकाजी श्रेष्ठ , मायाप्रसाद शर्मा राधेश्याम पासवान राष्ट्रियसभाबाट बिदा हुँदैछन्।

नेकपा एकीकृत समाजवादी का बेदुराम भुसाल, जनता समाजवादी पार्टी जसपा नेपाल का मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह राष्ट्रियसभा सदस्यबाट बिदा हुनेछन्।

गत वर्षको सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३२ स्थानमा जितेर तेस्रो भएको माओवादी राष्ट्रियसभामा पहिलो स्थानमा पुगेको थियो । यता हाल १० सांसदसहित तेस्रो स्थानमा रहेको कांग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा पनि निर्वाचनबाट १० थपिँदा १६ जना पुगेका थियो ।
आगमी निर्वाचिनमा कांग्रेस र एमालबिच गठबन्धन भए सर्बै निर्वाचन उनीहरुले जित्ने देखिन्छ। अहिले फागुनमा १८ सदस्यको निर्वाचनमा कांग्रेस र एमालेबिच गठबन्धन भए राष्ट्रियसभाको समीकरण पुरै फेरिने भएको छ।

हाल राष्ट्रियसभामा माओवादी केन्द्रका १७ सांसद छन् । त्यस्तै कांग्रेस १६ , नेकपा एसका ८ जना छन् भने एमालेका १० जना सांसद छन्। एमालेका तर्फबाट मनोनित भएका वामदेव गौतम सहित जोड्दा एमाले अहिले ११ सिटमा रहेको छ।
अबको निर्वाचनमा गठबन्धन गर्दा कांग्रेस पहिलो दल बन्ने छ। उसले एमालेसंग गठबन्धन गर्दा माओवादीका ७ र नेकपा एसको १ सिटमा गठबन्धन गर्दा उसले ४ सिट पाउने संभावना छ। त्यसो हुँदा राष्ट्रियसभामा काग्रेसको संख्या २० हुने छ। त्यसै गरी ११ सिट रहेको एमालेले आफ्नो ८ सीट सुरक्षित राखेमा मनोनित सहित १३ संख्या हुने छ भने माओवादी केन्द्रले ७ वटै सिट गुमाए उ एमाले भन्दा पछाडि हुने छ। ५९ सदस्य राष्ट्रियसभामा बहुमतका लागि २९ सदस्य आवश्यक पर्छ । तर कांग्रेस एमालेले गठबन्धन गरेमा दुईदलको मात्रै संख्या ३३ पुग्छ।
अहिलेको १६ मा ७ सिट गुमाउदा माओवादी ९ सिटमा झर्ने छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य