चितवनको देडुवामा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

Categories:

-

चितवन , ७ असार। पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–३ स्थित देडुवा क्षेत्रमा शनिबार बिहान भीषण सडक दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक स यातायातको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको ईभी माइक्रो बस देडुवा मोडमा आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा घटनास्थलमै केहीको मृत्यु भएको र अन्यको उपचारका क्रममा ज्यान गएको जानकारी प्रहरीले दिएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। उनीहरूलाई भरतपुरस्थित चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज तथा भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय बासिन्दाले उद्धार कार्यमा सक्रियता देखाएका थिए। दुर्घटनापछि राजमार्गको केही समयका लागि यातायात अवरुद्ध भएको थियो भने अहिले दुबैतर्फको सवारी साधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहे पनि तीव्र गतिका कारण गाडीको नियन्त्रण गुमिएको अनुमान गरिएको छ। दुर्घटनास्थल सडकको मोडमा पर्ने भएकाले सावधानी नअपनाउँदा यस्ता घटना दोहोरिरहने स्थानीयको भनाइ छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य