प्रदेशसभा खारेजीको औपचारिक माग गर्ने धुलिखेलका मेयर भन्छन्– सबैले गुम्म्साएर राखेको कुरा हामीले बोल्ने हिम्मत मात्र गरेका हौँ 

-

काठमाडौं  ६ असार । प्रदेशसभा खारेजीको औपचारिक प्रस्ताव पारित गर्ने धुलिखेल नगरपालिका पहिलो बनेको छ।
धलिखेल नगरपालिकाको नगरसभा अधिवेशनले प्रदेश सभा खारेज गर्न सङ्घीय सरकारलाई औपचारिक अनुरोध गर्ने प्रस्ताव पारित गरेको छ ।
विहीबार सम्पन्न नगरसभामा नगरसभा सदस्य तथा धुलिखेल नगरपालिका–२ का वडा अध्यक्ष अर्जुन न्यौपानेले पेस गरेको प्रदेश खारेज अनुरोध सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको थियो । धुलिखेल नगरको १७औं अधिबेशनबाट ’प्रदेशसभा खारेज गर्न सरकारलाई अनुरोध गर्ने’ भन्ने सभा सदस्य अर्जुन न्यौपानेको प्रस्ताब सर्वसम्मतीले पारित भएको छ ।’ पारित प्रस्तावमा उल्लेख छ ।

धुलिखेल नगरपालिकाले गरेको यस निर्णयले संबिधानले गरेको व्यवस्थामाथि सुधारको सन्देस दिएको र अब यसमा नयाँ बहस शुरु हुने विश्लेषण गरिएको छ ।

नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू तथा अन्य सभा सदस्यहरूको पूर्ण उपस्थिति र सर्वसहमतिमा पारित सो निर्णयलाई स्थानीय तहबाट उठाइएको गम्भीर नीतिगत सन्देशको रूपमा लिइएको छ । यो प्रस्तावले प्रदेश खारेजीको तीन तहको सरकारबाटै औपचारिक प्रस्ताव आएको छ।

धुुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुले अधिकाशं स्थानीय तहम रहेको उकुस मुकुसलाई आफुहरुले बाहिर ल्याउने हिम्मत गरेको रातो सूर्यलाई बताए। उनले भने ‘ नेपालको संविधानमा तीन तहको सरकारबिच समन्वयको कुरा गरेको छ, तर प्रदेशले स्थानीय निकायलाई समन्वय गरेको छैन, त्यसैले हामीले त्यसको खारेजीको माग गरेका हौँ।’
उनका अनुसार अब स्थानीय तहहरु यसको पक्षमा हुने र नहुनेबिच ध्रुवीकरण हुने बताए । उनले नेपाल नगरपालिका संघमा समेत यो प्रस्ताव औपचारिक रुपमा प्रवेश हुन सक्ने संकेत गरे।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य