बर्षासँगै सडक अबरुद्ध : पाँच राजमार्ग पूर्णरूपमा बन्द, छ सडक एकतर्फी सञ्चालनमा

Categories:

-

काठमाडौँ,६ असार   । बर्षा सुरु भएसँगै देशभरका प्रमुख सडकहरूमा अबरुद्ध हुने क्रम तीव्र भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहान १०:२० बजेसम्मको अपडेट अनुसार देशभर पाँच वटा मुख्य सडक पूर्णरूपमा अवरुद्ध छन् भने छ वटा सडक एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।

अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा रहेका सडकहरू

क्र.सं. सडकको नाम स्थान स्थिति कारण
1 अरनिको राजमार्ग लार्चा, भोटेकोशी, सिन्धुपाल्चोक पूर्ण अवरुद्ध पहिरो
2 विनयी खोलाको डाइभर्सन नवलपरासी (पूर्व) पूर्ण अवरुद्ध बाढी
3 कालिगण्डकी कोरिडोर बतासे डाँडा, नवलपरासी (पूर्व) पूर्ण अवरुद्ध पहिरो
4 दाङ–सल्यान सडक तुलसीपुर, दाङ पूर्ण अवरुद्ध पहिरो
5 राप्ती राजमार्ग कपुरबोट–३, सल्यान पूर्ण अवरुद्ध पहिरो
6 भेरी कोरिडोर छलघाट, त्रिपुरासुन्दरी–१, डोल्पा एकतर्फी सञ्चालन बाढी
7 जुम्ला–मुगु सडक जुम्ला एकतर्फी सञ्चालन पहिरो
8 कालिगण्डकी कोरिडोर गुल्मी एकतर्फी सञ्चालन पहिरो
9 बेनी–जोमसोम सडक म्याग्दी एकतर्फी सञ्चालन पहिरो
10 त्रिभुवन राजपथ मकवानपुर एकतर्फी सञ्चालन पहिरो
11 रवि–राके–भेडेटार सडक धनकुटा एकतर्फी सञ्चालन पहिरो
प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य